सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तेल मसाज कसरी गर्ने, फाइदा के के छन् ?

प्राकृतिक चिकित्सा वैज्ञानिक डा. वन्दना शिवाले ‘निम’ पुस्तकमार्फत पूर्वीय संस्कृतिमा परापूर्वकालदेखि नै निमको प्रयोग हुँदै आएको बताएकी छन् । प्राकृतिक चिकित्सामा प्रयोग हुने निम, तितेपातीजस्ता जडिबुटी र तेल मालिस जस्ता उपचार विधिको बारेमा हाम्रा पुर्खाहरूलाई सयौं वर्षअघिदेखि परिचित थिए भन्ने विभिन्न प्रमाणबाट भेटिन्छ । अहिले बिस्तारै त्यो हराउँदै गएकोमा उनको चिन्ता छ ।

प्राकृतिक चिकित्सा विधिमध्येको तेल मसाज पनि एउटा बहुउपयोगी विधि हो । शास्त्रीय तथ्यले पनि शरीरमा तेल लगाएर मालिस गर्दा शरीरलाई अनेक फाइदा हुन्छ भन्ने उल्लेख गरेको पाइन्छ । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीनपटकसम्म घाममा राखेर तेलले मालिस गर्ने चलन छ ।

यसो गर्दा शिशुको हाड तथा मांसपेशी बलियो हुने, बच्चाको वृद्धिविकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ । अहिले बच्चाहरुलाई घाममा तेल तताएर खुवाउने चलन कम छ । तर सहरी भेगमा पनि जैतुनको तेल र बेबी लोसनले मालिस गर्ने चलन देखिन्छ । तर प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसारको मालिस गर्ने चलन भने हराउँदै गएको देखिन्छ ।

World Link Ads
Mahakali Polytechnic

सुस्वास्थ्य अस्पतालकी प्राकृतिक चिकित्सक डा. दीपा पौडेल मांसपेशीलाई खुकुलो बनाउन, मांसपेशीको दुखाइ कम गर्न पनि तेल मालिस प्रभावकारी हुने बताउँछिन् । प्राकृतिक चिकित्सकहरुले पनि बिरामीको अवस्था हेरेर तेल मसाज प्रयोग गर्न लगाउने उनी सुनाउँछिन् ।

तेल मसाज जुनसुकै उमेर समूहको लागि पनि प्रभावकारी हुन्छ र यसको प्रक्रिया पनि एउटै हो । तर बच्चा र वृद्धवृद्धामा तेल मसाज गर्दा भने उनीहरुको हड्डीप्रति संवेदनशील भने हुनै पर्छ । सामान्यतया चिसो र गर्मी याममा जहिले पनि तेल मालिस गर्न सकिन्छ । तर धेरैले गर्मीयाममा बढी तेल मालिस गर्ने गरेका हुन्छन् ।

सामान्यतया तेल मालिस पाउडरको प्रयोग गरेर, तेल र पाउडर केही पनि प्रयोग नगरी र तातो तेल प्रयोग गरेर पनि प्रयोग गर्न सकिने डा. पौडेल बताउँछिन् ।

मसाज वा मालिस आराम दिने थेरापी हो । जसमा शरीरको मांसपेशी र छालालाई हातले स्पर्श गरेर आराम दिने गरिन्छ । एउटा व्यावसायिक मसाज थेरापिस्टले मालिस गर्ने बेलामा कैयौं उपाय अपनाउने गर्छ । मसाज मांसपेशीको दुखाइबाट राहत दिलाउँछ । यसरी तेलको प्रयोग गरेर मसाज गर्दा अनेक मांसपेशीमा यसले फाइदा पु¥याउँछ ।

मसाज निम्न तरिकाले गर्न सकिन्छ–

हेयर मसाज

Sana Kishan

हेयर मसाज विनातेल वा तताएको तेलले पनि गर्न सकिन्छ । हेयर मसाजले कपाल छिटो बढाउन सहयोग पु¥याउँछ भने कपाल झर्न पनि कम गर्छ । मसाजले टाउकोको छालाको रक्त सञ्चार समेत बढ्छ । हेयर मसाजबाट कपालको जरा समेत मजबुत हुन्छ ।

हेड मसाज

शिर र निधारमा गरिने मसाजलाई हेड मसाज भनिन्छ । यो मसाजले छालामा रक्त सञ्चार बढ्दा अक्सिजन प्रवाह पनि राम्रो हुन्छ । हेड मसाज गर्दा टाउको दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।

बडी मसाज

बडी मसाजमा पूरै शरीरको मालिस गरिन्छ । यसमा अनुहारको मसाज, खुट्टाको मसाज, हातको मसाज र कम्मरको मसाज पनि सामेल हुन्छ । बडी मसाजबाट पूरै शरीरमा रक्तपरिसञ्चरण बढ्छ र शरीरको दुखाइसँग सम्बन्धित सबै समस्या टाढा हुन्छन् ।

खुट्टाको मसाज

अहिलेको व्यस्त जीवनशैलीका कारण मानिसहरु थकित हुन्छन् । थकाइले धेरैको खुट्टा दुख्छ । यसका लागि खुट्टाको मालिस गराए मांसपेशीहरुमा तनाव कम हुन्छ ।

फेस मसाज

अनुहारमा गरिने मसाज आफैं पनि गर्न सकिन्छ । यसमा गाला, निधार, गर्दन लगायतका अंगमा मसाज गरिन्छ । हल्का तरिकाले औंलाले फेस मसाज गर्नुपर्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.