कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ मा सोमबार राति सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post