सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खप्तड-शैलेश्वरी गोल्डकपको उपाधि कैलालीले जित्यो

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ को उपाधी कैलालीले जितेको छ । सोमबार कैलाली र भैरवप्रसाद गणबीच भएको फाइनल खेलमा कैलालीले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता भैरवप्रसाद गण भएको छ । कैलालीको टिम शून्यकाविरूद्ध २ गोलले विजेता भएको हो ।

कैलालीले एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेताले ५० हजार नगद तथा ट्रफी, प्रमाणपत्र पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि कैलालीका सुरेन्द्र रानाले पाएका छन् । असोज ८ देखि १० गतेसम्म सञ्चालित गोल्डकप फुटबल प्रतियोगितामा छ ओटा टिम सहभागी भएका थिए ।

Sana Kishan

दिपायल सिलगढी नगरपालिका-६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग वाणिज्य संघ डोटी, भैरवप्रसाद गणका टिम सहभागी भएका थिए ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.