सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालविवाह अन्त्यका लागि बैतडीको पाटनले रणनीति बनाउँदै

कञ्चनपुर – बैतडीको पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाउने भएको छ। सामाजिक समस्याका रुपमा रहेको बालविवाह अन्त्य गर्न रणनीति बनाएर अघि बढ्ने तयारी भएको नगर प्रमुख गौरीसिंह रावलले बताए।

पाटनमा बालविवाह अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सहयोगमा पीसवीन नेपालले रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिकाको बालविवाह अन्त्य सम्बन्धी रणनीति बनाउन प्राविधिक सहयोग गरिररहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए।

बालविवाह अन्त्यका लागि रणनीतिको खाका बनाई सो विषयमा जनप्रतिनिधिहरुसँग छलफल समेत भएको बताइएको छ। पाटन नगरपालिकाले हानिकार प्रथा अन्त्य सम्बन्धि नीति बनाइसकेकाले सोही नीतिमा टेकेर बालविवाह अन्त्यका लागि रणनीति बनाउने तयारी भएको हो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.