सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी

Far weast coaching ad
96
Sana Kishan

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक÷एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए ।

Arus
Karnali Traders

विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।

अस्ट्रेलियाका म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ तथा स्टेभन स्मिथले ८ रन बनाए । भारतका लागि अक्षर पटेलले २ तथा जस्प्रित बुमराहले १ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि हुनेछ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.