सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असोज ८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असोज ०८, २०७९ । ई.सं. २४ अक्टोबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ ञलगा । नल दक्षिणायन शरद । शनिबार आश्विन कृष्णपक्ष । तिथि– चतुर्दशी, २६ः५२ बजे उप्रान्त औंसी । नक्षत्र– पूर्वफाल्गुनी, ३०ः०२ बजे उप्रान्त उत्तरफाल्गुनी । योग– साध्य, ११ः३० बजे उप्रान्त शुभ । करण– भद्रा १४ः२७ बजेदेखि शकुनि, २६ः५२ बजे उप्रान्त किंस्तुघ्न । चन्द्रराशि सिंह । आनन्दादि योग लुम्ब । दिनमान ३०।०८ । सूर्योदय ५ः५३ । सूर्यास्त १७ः५७ । भ.१४ः२७ प. अस्त्रशस्त्रहरुबाट मरेकाको चतुर्दशीश्राद्ध, नःलाश्वने चःह्रेपूजा ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.