
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश समितिले आइतबार राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम यसअघि सुदूरपश्चिममा कैलाली–५ बाट प्रत्यक्ष तथा डडेल्धुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो ।
२०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् । सगुन खबर बाट सभार
