
हिन्दूहरूको महान चाँड दशैंलाई लक्षित गरेर टेकमाईन्डस नेटवर्क प्रा. लि ले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले ‘ दशैं धमाका ‘ अफर ल्याएको छ । यो दशैंमा टेकमाईन्डसको ४० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ६६६ रुपैयाँ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो अफर पुराना ग्राहकहरुले रिचार्ज गर्दा समेत लागु हुने कम्पनीले जनाएको छ जस अन्तर्गत चाडपर्व छुट गर्न सकिने छ ।


त्यस्तै ७० एमबीपीएस इन्टरनेट ११००० रुपैयाँ प्रति वर्ष तथा १०० एमबीपीएस इन्टरनेट १२००० रुपैयाँ प्रति वर्षका दरले खरिद गरेर ग्राहकले इन्टरनेट सेवा लिन सक्ने समेत महेन्द्रनगर शाखाका प्रमुख रवि कुमार रोकायाले सुदुरपश्चिम खबरलाई जानकारी दिएका छन्।
