सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवौं राष्ट्रिय खेलकुद : सुदरपश्चिम छनोट शुक्रबारदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट असोज सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन् ।

Sana Kishan

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी रहेका छ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.