सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिनियाँ नेता ली चान्सु् स्वदेश फर्किए

Far weast coaching ad
61
Sana Kishan

नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

Karnali Traders

चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Arus

सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्सु्बीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो । त्यस पछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्सु्ले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए। वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष चान्सु्ले हस्ताक्षर गरेका थिए । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.