सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेट : सुपर चारमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ ।

प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् ।

Sana Kishan

बङ्गलादेश र हङकङ समूह चरणबाटै बाहिरिएका थिए । हिजो भएको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई हराएर फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सुपर चारमा चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

मङ्गलवार भारत र श्रीलङ्का, बुधवार पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । हरेक टोलीले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.