सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो ।

दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने बोर्डले जनाएको छ ।

Sana Kishan

हिजो प्रकाशित नतिजाअनुसार आधाभन्दा बढी परीक्षार्थी ननग्रेडिङमा परेका छन् । लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्ने हुन्छ । तोकिएको अङ्कभन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी अर्थात नन ग्रेडेड भनेर लेखिने छ ।

World Link Ads
Mahakali Polytechnic

उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.