सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छोटो समयमै शरीरको तौल बढाउन यस्तो बनाउनुस् खाना तालिका !!

एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।

उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ । दुब्लोपन हुनुमा शरीरलाई चाहिने पर्याप्त खानाको अभाव, पेटमा जुका तथा अन्य परजीवीले खाना सोस्ने लगायतका कारण हुनसक्ने पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् ।

‘हाम्रो खाना जुका वा परजीवीले खाने गर्दछ। त्यसले शरीरको प्रतिरक्षा शक्तिलाई कमजोर पार्छ । कुनै दीर्घरोगको संक्रमण भयो भने शरीर दुब्लाउँदै जान्छ,’ उनी भन्छन् ।

दुब्लोपन भएको एक वयस्क व्यक्तिले निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिने डा. उपाध्याय सुझाउँछन् ।

Mahakali Polytechnic

तौल बढाउनका लागि दैनिक खाना तालिका

World Link Ads

– बिहान ७ देखि साढे ७ बजेसम्ममा दुईवटा पाउरोटी, दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।

Sana Kishan

–१० देखि साढे १० बजेभित्रमा दही वा दूधसँग केरा खाने ।

– दिउँसो १ देखि २ बजेको अवधिमा एकदेखि दुई कप भात, एक कप दाल र एक कप तरकारी खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।

– अपरान्ह ४ देखि ५ बजेको अवधिमा एक कप भिजाएर टुसा उमारिएको चना र चिउरामा तेल र अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खान सकिने, यसमा गुलिया फलफूल मेवा, आँप, खर्बुजा मिलाएर खाने ।

बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारीका साथै माछामासु पनि समावेश गर्नुपर्छ । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ । सधैं एउटै खाना खानुभन्दा फरक–फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ ।

यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन । दालका प्रकारमा गेडागुडी भिजाएर टुसा उमारेर मज्जाले झोल पिउनुपर्छ ।अनलाइनखबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds