सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले केन्यालाई ७ विकेटले हरायो

केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो ।

नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय १० रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।

Sana Kishan

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन÷तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक÷एक विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यको अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.