सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : बंगलादेश बाहिरियो

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।

जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडे ।

Sana Kishan

बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । बंगलादेशका आफिफ होसेनले ३९ रन तथा मेहदी हसनले ३८ रन जोडे ।

World Link Ads
Mahakali Polytechnic

श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २÷२ विकेट लिए । समूह ‘ए’ बाट भारत सुपर चारमा पुगेको छ । आज पाकिस्तान र हङकङबीच खेल हुनेछ । सुपर चारका खेलपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.