सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेटमा हङकङलाई हराउँदै भारत सुपर चारमा प्रवेश

एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको हो ।

Sana Kishan

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ मात्रै बनायो । उसका बाबर हायातले ३१ तथा किन्चित शाहले ३० रन जोडे । भारतका भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक÷एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनाएको थियो । भारतका सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए । यादवले ६८ तथा कोहलीले ५९ रन जोडे ।

हङकङका आयुस शुक्ला र मोहम्मद घजान्फरले एक÷एक विकेट लिए । जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । समूह ‘बी’ मा दुई खेल जितेको अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । आज श्रीलंका र बंगलादेश तथा भोली पाकिस्तान र हङकङबीच खेल हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.