सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।

Sana Kishan

भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ ।

एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । भोलि श्रीलंका र बंगलादेश तथा पर्सि पाकिस्तान र हङकङबीच खेल हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.