सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल १ सय २ रनको लक्ष्य पछ्याउँदै

केन्यासँगको चौथो टी–२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।

Sana Kishan

आजको खेल जितेमा नेपालले एक खेलअघि नै शृङ्खला जित्नेछ । पाँच खेलको टी–२० शृङ्खलामा नेपाल दुई–एकले अघि छ । हिजो आइतवार भएको तेस्रो खेलमा नेपाल चार विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

World Link Ads
Mahakali Polytechnic

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि मङ्गलवार हुनेछ । टी–२० शृङ्खलापछि नेपालले घरेलु टोलीसँग एकदिवसीय क्रिकेट खेल्नेछ । पहिलो एकदिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.