सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको क्रिकेट टिम छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा क्रिकेट टोली छनोट गरिएको छ। । निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा गरिएको छनौट प्रतियोगिताबाट बसन्त खत्रीको कप्तानीमा १८ सदस्यीय क्रिकेट टोली छनौट गरिएको हो ।

टोलीमा कप्तान खत्रीसँगै उपकप्तान दिपक बोहरा, राम बहादुर चन्द, जगेन्द्र बोहरा, खडक बोहरा, बिरेन्द्र नाथ, लोकन्द्र चन्द, नरेन भट्ट, सुनिल चन्द, भुपेन्द्र चन्द, हिम्मत महरा, रिसिकेश बोहरा, दिपेन्द्र भण्डारी, बुद्धिमान बिष्ट रहेका छन् । यसैगरी वैकल्पीक खेलाडीमा मिलन भट्ट, आकाश चन्द, बिरेन्द्र चन्द, बिशाल चन्द रहेका छन् । यहि भदौ १४ गते प्रदेश राजधानी धनगढीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको टिम पनि छनौट भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जाशीले बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेशस्तरी छनौटको रुपमा खेलाईने खेलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको टिमले सहभागिता हुने जनाइएको छ । यहि भदौ १४ गतेबाट हुने खेलमा बैतडीले पहिलो खेल १५ गते डोटीसँग खेल्ने छ । गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.