सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले केन्यालाई ४ विकेटले हरायो

केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।

Sana Kishan

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक÷एक विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एकको अग्रता लिएको छ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका पनि छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.