भीमदत्तनगर, कंचनपुर
कंचनपुर जिल्लाको गल्ली नम्बर ३ राष्ट्रिय बाणिज्य बैंक छेउमै रहेको नेपालकै पुरानो एवम् बिमा कम्पनी हरुमा अग्रस्थानमा पर्न सफल नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर कंचनपुर शाखा द्वारा आज एक कार्यक्रमका बीच आफ्नो शाखामा आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट कार्य गरेका चिफ बिजनेस म्यानेजर , बिजनेस म्यानेजर , MDRT ,ब्यक्तिगत कोडमा बढी बिजनेस गर्ने अभिकर्ता , एजेन्सी म्यानेजर लगायत विभिन्न बिधामा सम्मान गरेको छ । उक्त कार्यक्रम महेन्द्रनगर शाखा प्रमुख नवीन किशोर भट्ट को अध्यक्ष्ातामा सुरु भएको हो । कार्यक्रममा अतिथीहरु क्रमश : चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द , धन सिह ठगुन्ना , डम्बर बहदुर बिस्ट , नवराज अवस्थी , मथुरा कार्की लगायत शाखाका कर्मचारी , पुराना तथा नयाँ अभिकर्ताहरुको भब्य उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी महिला दिदीबहिनी हरुको लागि तीज विशेष नाचगान कार्यक्रम नयाँ आर्थिक बर्षका लागि योजना निर्माण गरिएको कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले सुदुरपश्चिम खबर लाई जानकारी गराउनु भएको छ ।
