सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित

केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय १४ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले समान २०÷२० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुई÷दुई विकेट लिए ।

Sana Kishan

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन÷तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारे ।

World Link Ads
Mahakali Polytechnic

केन्याले आजको खेल जितेसँगै पाँच खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । पहिलो टी–२० नेपालले पाँच विकेटले जितेको थियो । नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.