यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो ।
जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
हङकङका इशान खानले ४ तथा आयुस शुक्लाले ३ विकेट लिए । एसिया कप आउँदो शनिवारदेखि सुरु हुँदैछ । हङकङ भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । प्रतियोगितामा ६ देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
हङकङले पहिलो खेल अगस्ट ३१ मा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्लादेश र अफगानिस्तान रहेका छन् । उज्यालो अनलाइन बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)