सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध

58
Sana Kishan

भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो ।

Arus

भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ ।

Karnali Traders

७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता खालका प्लास्टिकका सामग्रीको प्रयोग गरेको पाइए कारबाही हुने पनि खबरमा उल्लेख छ ।

यो नियम भारतभर लागू हुनेछ । यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतमा हरेक वर्ष साढे २ लाख टन यस्ता प्लास्टिक उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फोहर जम्मा हुन्छ ।

त्यस्तो फोहर आधाभन्दा बढी नदीमा फ्याँक्ने गरिएको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.