सम्माननीय प्रधानमन्त्रि ज्यू
नमस्कार,
हामी यहा आरामै छौ । त्यहा तपाई लाई नि आरमै होला भन्ने आशा गरेका छौं। यहा देशको पाचौ प्रधानमन्त्रिको पद समालिरहनु भएकोमा सबै डडेल्धुरेली जनता खुशी नै छन् सबै जनताले तपाई लाई बधाईको कोसेली पनि दिएका छन् ।
यहाका जनताकै मायाले तपाई आज यो पदमा पुग्नु भएको छ ।
हरेक चुनावमा लपाईको पार्टि लाई भन्दा पनि तपाई व्यक्ति लाई मान्ने (आस्थावान) जनता बढि छन् । जनताकमे आर्शिवाद तपाई लाई सधै रलागोश शुभकामना छ मेरो ।
आज पत्र लेख्न बाध्य भए बाजे तपाईले यो संर्घषको यात्रा गर्दै गर्दा जन्मथलो रहेको गन्याप क्षेत्रका ती बालापन जहा बाट जिल्ला सदरमुकाम पुग्न हिडेर घण्डौ लाग्थ्यो आज विकास र प्रविधि संगै यहाका हरेक जनताले तयो बाध्यता बाट त मुक्ति पाएका छन् ।
तपाई प्रतिको विस्वास हुदाहुदै पनि आज तपाईको कर्म थलो निर्वाचन क्षेत्रमा रहेको डडेल्धुरा जिल्ला सदरमुकामको स्याउले — कृर्तिपुर सड्कले गर्दा डडेल्धुरा जिल्ला नै बदनामी हुने अवस्थामा रहेको छ ।
तपाईका विजयी जुलुस पनि यहि सड्कमा हुन्छ जहा एम्बुलेन्स आउदा बाटो मिलदैन् । सड्क चौडा नहुदा आम जनताले समस्या भोगिरहेका छन् ।
तपाई यो जिललाको नागरिकका हकले पनि यो सड्क मर्मत र फराकिलोका लागि तपाईका हातले कदम चालने छन् । यो काम गरेमा तपाई लाई गाली गर्ने यी मुखले ताली दिने छन् ।
बाटोकमा मिनटौ रोकिने एम्बुन्समा रहेका बिरमीका कुरुवाले तपाईको जीन्दगीकाको कामना गर्नेछन् ।
तपाई डडेल्धुराको अभिभावक भएको नाताले पनि यो कार्यमा तपाईका हालहरु चलनु जरुरि छ ।
तपाईको पृय
दिपक राज भट्ट
डडेल्धुरा









Discussion about this post