Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमा महिलाहरू सौन्दर्य प्रसाधनका लागि कति खर्च गर्छन् ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुन्दरताको मानक के हो ? यसको सर्वमान्य इकाई छैन । यद्यपि सुन्दरताप्रति मान्छेको मोह भने विछट्टैको छ । अक्सर मान्छे सुन्दर देखिन चाहन्छन् । सुन्दर कसरी देखिने ? आधुनिक युगमा यसका अनेक विधि छन् । प्लास्टिक सर्जरीदेखि सौन्दर्य संसाधनको प्रयोगसम्म । सुन्दरताको यो दौडमा महिलाहरु बढी अग्रसर छन् । यसबाट अछुतो छैनन्, नेपाली महिला पनि ।

 

दैनिक जीवनमै मेकअप अनिवार्य बनेको छ, नेपाली महिलाका लागि । अनुहारको आकार प्रकारलाई सुहाउँदिलो बनाउन होस् वा चमक ल्याउन नै, मेकपअ गर्ने प्रवृत्ति व्यापक छ । कतिसम्म भने अनुहारको मेकअप गर्न मात्र नेपाली महिलाले बर्सेनि अर्बौंको सौन्दर्य प्रसाधन खपत गर्छन् ।

 

बितेको आठ महिनाको तथ्यांकले यही पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्म ३ अर्ब ९१ करोड ४९ लाख रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ ।

 

लिप मेकअप

ओठलाई रसिलो, मुलायम र आकर्षक बनाउन नेपाली महिलाले लिपिस्टिक, ग्लोस, लिप लाइनर आदि प्रयोग गर्छन् । यस्ता प्रसाधनका लागि आठ महिनामा लिप मेकअपका सामग्री २५ करोड ८० लाख रुपैयाँको आयात गरिएको थियो ।

आई मेकअप

समग्र अनुहारको सुन्दरतामा आँखाको खास भूमिका हुन्छ । आँखाका लागि आइस्याडो, मस्करा, गाजल, कृतिम परेला आदि प्रयोग हुन्छ । सुन्दर आँखाले सबैको ध्यानाकर्षण गराउँछ । भन्सार विभागले दिएको जानकारी अनुसार १६ करोड ६८ लाख बराबरका यी सामग्री आयात भएका छन् ।

 

मेनिक्योर–पेडिक्योर

हात–पाउसँगै नङको सुन्दरतामा पनि महिलाहरु बढी ख्याल राख्छन् । नङलाई सुन्दर बनाउन गरिने मेनिक्योर–पेडिक्योरका लागि चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३ करोड १३ लाख रुपैयाँको सामग्री आयात गरिएको छ ।

 

अनुहारको लागि

मेकअप फिनिसिङका लागि कम्प्याक्ट, लुज, मिनरल पाउडर आदि प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा १९ करोड ८ लाख रुपैयाँको पाउडर आयात गरिएको थियो ।

 

फेस क्रिम

छालालाई चम्किलो, मुलायम बनाउन फेस क्रिम प्रयोग गरिन्छ । यसका लागि ५१ करोड ६७ लाख रुपैयाँको आयात भएको छ ।

 

नेलपोलिस

नेल पेन्ट तथा पोलिसका लागि थरीथरीका पोलिस प्रयोग गरिन्छ । साउनदेखि फागुनसम्म ३ करोड ९३ लाख बराबरको नेलपोलिस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

 

बडीलोसन

सम्पूर्ण शरीरलाई कोमल, नरम र रसिलो बनाइराख्न बडी लोसन लगाउने गरिन्छ । यी सौन्दर्य प्रसाधनका लागि उक्त अवधिमा ३४ करोड ६२ लाखको सामाग्री आयात गरिएको छ ।

 

सिन्दूर

सिन्दूर हिन्दू विवाहित महिलाले प्रयोग गर्छन् । आठ महिनाको अवधिमा ७८ लाखको सिन्दूर आयात भएको छ ।

 

लिपबाम

ओठको सुरक्षाका लागि लिपबामको प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा ३ करोड ४८ लाखको लिपबाम आयात गरिएको छ ।

यी साम्रगीबाहेक २ अर्ब ३० करोड मूल्य बराबरका अन्य सौन्दर्य प्रसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।

(स्रोत :  onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व