सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फाइनल खेल दबावविना खेल्छौं : कप्तान सन्दीप लामिछाने

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावविना खेल्ने बताएका छन् ।

सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताएका छन् । ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं’ उनले भने ।

Sana Kishan

उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु नशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी–२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने ।

 

Dirghayu Ads

पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टी–२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.