नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीका नाममा सत्ता गठबन्धन तोड्ने अनेक प्रयास भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको बुधबार शुभारम्भ गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरे।
गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, ’आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन प¥यो, एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौ प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहनेछ।’
राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेको बताउँदै नेता नेपालले कम्युनिस्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए।
’ नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक छ,’उनले भने,’ कम्युनिस्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी छ।’
उनले पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post