सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्ने बताउनुभएको छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताउनुभयो ।
कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने मन्त्री भुसालको भनाइ छ । उहाँले भन्नुभयो, ‘आफूले अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानुनमा सुधार आवश्यक छ । त्यसकारण पीडितलाई न्याय दिने भन्दा पनि वकालतको कुरा गर्ने र मुद्दाहरूलाई बलजफ्ती राजनीतिकरण गरेर पीडितले न्याय नपाउने कुराका बारेमा अब बहस र पैरवी अदालतमा हुनुपर्छ ।’
मन्त्री झाँक्रीले संवैधानिक निकायहरूमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post