Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमसीसी देशको हितमा छ, सरकारमा रहेका नेताहरूले नै भ्रम फैलाए : मन्त्री बालकृष्ण खाण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृह मन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज मङ्गलवार रुपन्देहीको मणिग्राममा गृह मन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण चुनावमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो ।’

गृह मन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरूले नै एमसीसीबारे भ्रम फैलाएको बताउनुभयो । उहाँले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पार्नुभयो । गृहमन्त्री खाणले आउँदो चुनाव कांग्रेसले नजित्ने हो भने देश अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भन्नुभयो, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।’

उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले मूलधारमा नआएका शक्तिलाई पनि अहिले सरकारले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।

यसअघि आजै गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री खाणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गर्नुभयो । नमुना विद्यालय अनुदान सहयोग र आन्तरिक स्रोतबाट ती भवन निर्माण गरिएको हो । यसैगरी मन्त्री खाणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र ‘नानी’को पनि विमोचन गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व