Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मास्टरप्लान गरेर खप्तडको विकास गरौं : मन्त्री प्रेमबहादुर आले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको संगमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन्।

खप्तड पर्यटन विकास समितिद्वारा आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गरे। ’हामी स्वीट्जरल्याण्ड, सिंगापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, राराजस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन्,’ उनले भने।

मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्टयाएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिए। ’आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ,’ उनले भने।

खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको उनको भनाइ थियो। आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले देशमा रहेका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने वचन दिए। देशको हावा, पानी र सुन्दर क्षेत्र अरु ठाउँमा नभएकाले हामी सबै मिलेर हाम्रा पर्यटकीय क्षेत्रको विकासका लागिपर्नुपर्ने उनको भनाइ थियो। आफू मन्त्री भएर आइसकेपछि रु ८७ करोड क्यासिनोबाट उठाउनुपर्ने सरकारको रोयल्टी उडाएको समेत मन्त्री आलेले दाबी गरे।

कार्यक्रमका सभापति तथा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूहरू सबै निकायसँग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए। उनले भने, ’खप्तड क्षेत्रको विकासका लागि हामी सबै निकायसँग सहकार्य र समन्वयका लागि तयार छौँ, खप्तडको मात्रै विकास गर्न सके सुदूरपश्चिम विकासका दृष्टिले कायापलट हुनेछ।’ अन्नपूर्ण पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व