Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समृद्धिको आधार धार्मिक पर्यटन : मुख्यमन्त्री पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७८
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार शुरू भएको ‘रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले कालीगण्डकीको सभ्यता जोगाउन प्रदेश सरकारले विभिन्न योजना बनाएको बताए।

प्रकृतिले नै उत्कृष्ट घुम्नुपर्ने स्थल बनाइदिएको हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर नेपालकै धार्मिक पर्यटनको नयाँ र उत्कृष्ट करिडोर बनाउन प्रदेश सरकार तयार रहेको बताए। ‘तीर्थ पर्यटनको दृष्टिकोणले सातै प्रदेशलाई जोड्ने क्षेत्र हो, अग्ला हिमशृंखला र स्वच्छ वातावरणमा रमाउन यहाँ आउँछन्,’ मुख्यमन्त्री पोखरेलले भने।

मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा जनकपुरको यात्रापछि पोखरा ओर्लिएलगत्तै म्याग्दी आएका मुख्यमन्त्री पोखरेलले मधेश प्रदेशको भ्रमणले थप उत्साह दिएको बताए। उनले प्रदेशभित्र रहेका स–साना धार्मिक सर्किटहरूलाई जोडेर गण्डकी प्रदेशमा धार्मिक पर्यटन वृद्धि गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताए।

हालैमात्र पोखरा–जनकपुर सीधा हवाई सेवाको आरम्भ गरेर दुई प्रदेशको बीचमा आपसी सम्बन्ध स्थापना गरिएको बताउँदै उनले अब जनकपुर–मुक्तिनाथ–लुम्बिनी र विन्ध्यवासिनीलाई धार्मिक सर्किटको रुपमा विकास गरिने बताए। गण्डकी प्रदेशभित्र सबै चिजमा विविधता भएको र त्यसभित्र एकता रहेको बताउँदै उनले बहुभाषी, बहुधर्म र बहुजातिले गण्डकी प्रदेश सम्पन्न रहेको उल्लेख गरे।

उनले समग्र गण्डकी प्रदेशलाई सबैको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने आफ्नो योजना रहेको सुनाउँदै यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने धारणा राखेका थिए। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रमस्थित श्रीलक्ष्मीहरि मन्दिरमा आयोजित महायज्ञ उद्घाटनमा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रमुख शुक्रराज शर्मा, जिल्ला सभापति खमबहादुर गर्बुजा, नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर केसी र राप्रपाका पूर्वअध्यक्ष एकेन्द्र रावल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल लगायतले आाफ्नो मन्तव्य राखेका थिए।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापक आचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आगामी ३० गतेसम्म सञ्चालन हुने मन्दिरका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिए। थाहा खबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व