सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुसले युक्रेनका स्वास्थ्य संस्थामा पनि आक्रमण गरिरहेको छ : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको बताउनुभएको रोयटर्सले जनाएको छ । उहाँले आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर गर्ने चेतावनी पनि दिनुभएको छ ।

युक्रेनकी एक उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले पनि रुसी सेनाले युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षहरूमा गोलाबारी गरेका बताउनुभएको बीबीसीले जनाएको छ ।

Sana Kishan

यसैबीच युक्रेनको मरिपोलमा फेरि युद्धविराम घोषणा भएको छ । स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि राती ९ बजेसम्मका लागि युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ । हिजो युद्धविरामको सहमति भएको केही समयमै रुसले बमबारी गरेपछि मरिपोलमा फसेका सर्वसाधारणको उद्धार कार्य रोकिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि निर्धारित बाटो हुँदै सर्वसाधारण सहरबाट बाहिरिन सक्ने रुसी सेनाले जनाएको छ । तर समय सुरु भएको एक घण्टासम्म पनि सर्वसाधारणको उद्धारमा समस्या भइरहेको युक्रेनका अधिकारीहरूले बताएका छन् । एक घण्टादेखि प्रयास गर्दा पनि बस र कारहरू अघि बढ्न नसकेका बीबीसीले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.