सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुसको आक्रमणबाट युक्रेनमा १६० भन्दा धेरै शैक्षिक संस्थामा क्षति

रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो ।

हिजो रुसले युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आएका छन् ।

Sana Kishan

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ । तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.