Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १८, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आक्रमण गर्न लागेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आक्रमण सुरु गर्ने भन्दै सुरक्षा केन्द्रहरूको आसपासका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ । युक्रेनीहरूलाई रुसविरुद्ध उक्साइरहेको भन्दै रुसले उक्साहटमा नलागी सुरक्षित ठाउँमा जान भनेको छ । बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडले रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरेको छ ।

हिजो सोमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आक्रमण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीको पनि ज्यान गएको बीबीसीले जनाएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताउनुभएको छ । उहाँले अहिले युक्रेनमा दुःखद घटना भइरहेको भन्दै आफूहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनका लागि लडिरहने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले युक्रेनी बालबालिकालाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउनुभयो र भन्नुभयो, ‘युक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’

यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
विश्व

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

बैशाख ५, २०८३
“लेबनानमा युद्ध-विराम लागु भयो”
विश्व

“लेबनानमा युद्ध-विराम लागु भयो”

बैशाख ४, २०८३
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

अशोज २७, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व