Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : मन्त्री प्रेमबहादुर आले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ४, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।

आज बुधवार बाराको निजगढमा रिपोर्टर्स कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने छौँ ।’

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न दलका शीर्षस्थ नेता, मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको चुनावभन्दा अगाडि नै सुरु हुने समेत दाबी गर्नुभयो ।

निगजढ विमानस्थलको काम कहिले सुरु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले भन्नुभयो, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी चाँडै काम सुरु गर्नेछौँ ।’

यसैगरी मन्त्री आलेले सरकारले दुई देशका सरकारका बीच (जीटुजी), लगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा विमानस्थलको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरूको पनि सहमति भएकाले जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘प्रेम आले काम गर्न आएको मन्त्री हो, कुर्सीमा बस्न आएको होइन । वर्षाैँदेखि रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गर्नेदेखि रोयल्टी तिर्न लगाएको छु’, उहाँले थप भन्नुभयो, ‘विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु ।’

काठमाण्डौपछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थ मन्त्री जर्नादन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले दाबी गर्नुभयो ।

निजगढ विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका १६ टाङिया वस्ती पुनर्स्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको वस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग छ । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व