Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विदेशी सहयोग लिँदै लिन्नँ भनेर बढी क्रान्तिकारी हुनु हुँदैन, कडाइ गरिनुपर्छ : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताउनुभएको छ ।

आज मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी सङ्घ–संस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने बताउनुभएको हो । यद्यपि विदेशी सहयोग लिँदै लिन्नँ भनेर बढी क्रान्तिकारी हुनु नहुने पनि उहाँले बताउनुभयो । सहयोगको बहानामा हस्तक्षेप गर्ने र नेपालीलाई आफैँले चलाउने प्रकारको सहयोग भने लिनु नहुने भन्दै उहाँले यस्ता प्रकारका कुरामा पहिले नै स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो । आफूखुसी सहयोग लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशी सरकार र सङ्घ–संस्थाबाट पाइने सहयोगका बारेमा धेरै पटक छलफल, बहस हुने गर्छ । तर यसलाई हामीले कडाइ गर्नुपर्छ । तर सहयोगको बहानामा हामीमाथिको हस्तक्षेप र देशलाई अरूले नै चलाउने त हुनु हुँदैन । आफूखुसी सहयोग लिने र चल्ने गराउने प्रवृत्तिलाई रोक्नुपर्छ भन्ने हिसाबले यसलाई अलि कडाइ गर्नुपर्ने हुन्छ । यस्ता कुराहरूमा पनि भविष्यमा ध्यान दिनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयकहरू प्रतिनिधि सभामा वर्षाैँदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधि सभामा यसरी विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधि सभालाई घचघचाउनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा गएको विधेयकलाई पनि ६० दिनको सीमा दिइनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले आउँदो एक वर्ष चुनावी वर्ष हुने भएकाले प्रतिनिधि सभाले विधेयक पारित गर्न नसक्ने हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो । विधेयक पारित गर्न सकिएन भने विधेयकहरू शून्यमा जाने भएकाले राष्ट्रिय सभाले पारित गरेका विधेयकहरू यो प्रतिनिधि सभामा नपठाउने बारेमा आफूले सोचिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको एक वर्षभित्र त चुनाव हुन्छ । पास गरेन भने यी विधेयक के हुन्छन् ? यति दुःख गरेर बनाएका दर्जनौँ विधेयक त सबै शून्यमा गयो नि । यो मेहनत, यो खर्चको भागीदार ? कोही न कोही त हुनुप¥यो नि । नत्र किन दुःख गरिरहने ? यो गम्भीर प्रश्न हो । मैले त अहिले सोचिरहेको छु, पास गरेर पनि तल नपठाउने । या त मन्त्री, सचिवहरू आएर, सम्बन्धित प्रस्तुत गर्नेले आएर हामी त्यहाँ यति दिनभित्रमा त्यो ल्याउन सक्छौँ भन्नुप¥यो । नभए त्यहाँ त जान्छ, त्यहाँ प्रस्तुत गरेर टेबुल गरिदियो । त्यो संसद् सकिएपछि ती सिद्धियो । अनि के अर्थ हुन्छ ? फेरि दोहो¥याएर यिनै विधेयक भोलि हामीले छलफल गराउनुपर्ने, त्यही काम गराउनुपर्ने हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले छलफलमा आएका विधेयकलाई छिटो भन्दा छिटो सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । छलफलका क्रममा विधेयक सार्वजनिक हुँदा सरोकारवालाले सुझाव दिन सक्ने र विधेयक सुधारिएर आउने उहाँको भनाइ छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व