Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के हो जीवन ऊर्जा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ १८, मंगलवार १०:०३
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कुनै पनि सामान, वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न वा त्यसको रूप परिवर्तन गर्न शक्तिको आवश्यकता पर्दछ । अव्यक्त तत्त्वलाई व्यक्तिमा ल्याउन पनि शक्ति नै चाहिन्छ । त्यही शक्तिलाई हामी ऊर्जा भन्दछौँ । ब्रह्माण्डमा भएका प्रत्येक वस्तुहरू ऊर्जाले नै बनेका छन् । बालुवाको कण, ढुङ्गा, माटो, काठको टुक्रा, पात पतिङ्गर आदि जसलाई हामी निर्जीव भन्छौँ, ती सम्पूर्ण पनि ऊर्जाबाट नै बनेका छन् किनकि सुकेको काठ बालेपछि अग्नि उत्पन्न हुन्छ । पात पतिङ्गर आदि कुहिएर माटोको उर्वराशक्ति बढ्छ । ढुङ्गा, माटो, काठ आदिको प्रयोगले भवन निर्माणको कार्य हुन्छ । त्यसैले यहाँ ऊर्जा मात्र छ । पञ्चतत्त्व बाट बनेका सम्पूर्ण वस्तुहरू ऊर्जाको कारण अन्त्यमा पञ्चतत्त्वमा नै गएर मिल्छन् । तारा, नक्षत्र, सूर्य, चन्द्र, ग्रह सबै ऊर्जाका विस्तारित रुपहरु हुन् ।

 

विज्ञानको भाषामा जसलाई हामी सजीव भन्छौँ चाहे तिनीहरू एक कोषीय जीव हुन् वा वनस्पति, कीट पतङ्ग, पशुपन्छी, मानव आदिमा ऊर्जाको साथमा जीवन छ । जीवन छ र त बढ्ने, एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने क्रिया गर्दछन् । वनस्पतिले आफ्नो दुःख सुख बुझ्न सक्दैनन् तर पशुपन्छी आदिले अरूको दुःख बुझ्न नसके पनि आफ्नो दुःख बुझ्न सक्दछन् । वनस्पतिमा भन्दा पशुपन्छीमा बढी जीवन्तता छ । पशुपन्छीमा भन्दा पनि मानवमा अझ बढी जीवन्तता छ किनकि उसले आफ्नो साथै अरूको पनि दुःख बुझ्न सक्दछ । त्यसैले त मानवलाई सर्वश्रेष्ठ प्राणी भनिन्छ । जसरी बिउलाई रोपेपछि उपयुक्त चिस्यान, मलखाद, ताप आदिको कारण निश्चित समयमा उम्रिन्छ, बढ्छ, फूल लाग्छ फल लाग्छ अन्तमा हजारौँ गुणा भएर फेरि बिउ बन्छ । यदि त्यसमा जीवन थिएन भने त्यो उम्रने थिएन । त्यसै गरी मानव जन्मिनु भन्दा पहिला जीवन थिएन भने अकस्मात् कहाँबाट आउँछ ? त्यही जीवन छ र त मानिसको नश नाडीहरू चल्छन्, श्वास प्रश्वास क्रिया, मुटुको घड्कन आदि सञ्चालित हुन्छन् । दश इन्द्रियहरू मन, बुद्धि, चित्त, अहङ्कार आदिले कार्य गर्दछन् । अनन्त अनन्त सम्भावनाहरू मानिसभित्र छन् । त्यही जीवनबाट मानिसले ऊर्जा प्राप्त गर्दछ । हामीसँग मन छ हृदय छ जसको माध्यमद्वारा हामी हाम्रो जीवन ऊर्जालाई पहिचान गर्न सक्दछौँ । ब्रह्माण्डको मूल विचारसँग जोडिएर विचार गर्न सक्दछौँ भने आफूभित्र दिव्य गुणहरू प्रेम, करुणा, दया, क्षमा, सेवा आदि भावको विकास गरेर सत्त, चिद्, आनन्दमा उपलब्ध हुन सक्छौँ । यो पुरै अस्तित्वमा मानव मात्र यस्तो प्राणी हो जसले आफ्नो जीवन ऊर्जालाई चिन्न सक्दछ । जति बढी हामी बाहिर गएका हाम्रा ईन्द्रियहरुलाई फर्काएर आफ्नो आन्तरिक स्वकेन्द्रमा लगाउन सक्छौँ त्यति नै बढी हामी हाम्रो जीवन ऊर्जालाई पहिचान गर्न सक्दछौँ किनकि जति पनि सम्पदा हामी भित्र छन् तिनीहरू बहिरबाट प्राप्त हुन सक्दैनन् । हामीले अरूबाट लिएको ज्ञान जतिबेला आवश्यक पर्दछ त्यतिबेला प्रयोग गर्न सक्दैनौँ त्यही कारण त हामी दुःखी बन्छौँ, तनावमा जान्छौँ । जति बढी आफूभित्र फर्किन्छौँ त्यति नै बढी आफ्ना कमजोरीहरू हामी देख्न थाल्छौँ ।

जुन गुणहरू परमात्मामा छन्, त्यही गुणहरू हामीभित्र विकास हुन थाल्दछन् । एउटा किरा देख्दा पनि कसले चलायो त्यसलाई, वनस्पति देख्दा त्यसको पात कसरी हरियो भयो कसरी बढ्यो आदि प्रति हाम्रो दृष्टि जान थाल्दछ । त्यसभित्र पनि जीवन छ र त त्यसमा अनेकौँ रूपान्तरण हुन्छ । आफूभित्र जे हुन्छ बाहिर पनि त्यही हुन्छ त्यसको बोध हुन्छ । जति आफूभित्र जीवनको अनुभूति हुन्छ त्यति बाहिर हुन्छ । जति ऊर्जा अनुभूतिमा आउँछ त्यति नै ऊर्जा बाहिर देखिन्छ । यो सम्पूर्ण ब्रह्माण्ड जीवन अर्थात् चेतना ध्यान वा बोध र शक्ति अर्थात् ऊर्जाको खेल हो । जीवनको अस्तित्वको न आदि हुन्छ न अन्त हुन्छ । जति पनि ज्ञान, सिर्जनशीलता, व्यक्तिभित्रका प्रतिभाहरू प्रेम, करुणा, दया, क्षमा, आनन्द, सेवा, संवेदनशीलता सबै यही जीवनबाट आउँछ ।

कवि, लेखक, वैज्ञानिक, दार्शनिक, कलाकार, कुशल व्यवस्थापक, संगीतज्ञ, नर्तक, विशेषज्ञ आदि सम्पूर्ण प्रतिभा जीवन ऊर्जासँग जोडिएपछि प्रकट हुन्छन् । ज्ञानी व्यक्तिमा जति जीवन ऊर्जा छ त्यति नै अज्ञानी, बेहोसी व्यक्तिमा छ । प्रत्येक व्यक्तिभित्र छुट्टा–छुट्टै विषयमा विज्ञता हासिल गर्न सक्ने क्षमता छ, खाली आफ्नो मूल रोजाइ पहिचान गर्न आवश्यक छ । आफ्नो स्वभाव आफ्नो पथप्रति जागरुक हुन जरुरी छ किनकि स्वभावमा खुसी छ भने प्रभावमा दुःख । प्रतिस्पर्धा, देखासिकी, होडबाजी, अहङ्कार आदिका कारण जीवन ऊर्जा हामीभित्र छ भन्ने हामीलाई बोध हुँदैन । हामीभित्र श्वास छ जसले हामीलाई जीवन ऊर्जासँग जोडेको छ । श्वास छुट्ने बित्तिकै शरीरमा विचलन आउँछ । जीवन थिएन भने जन्मसँगै कसरी शरीर प्रकट रूपमा आयो ? जे पनि पहिला अप्रकट रूपमा हुन्छ । जब त्यसको कार्य बाहिरी संसार देखिन्छ प्रकट रूपमा आउँछ । जीवन ऊर्जा परम ऊर्जाको सानो रूप हो । जीवन शरीरबाट छुट्ने बित्तिकै निर्माणको प्रक्रिया तत्काल अवरुद्ध बनिहाल्छ । जीवन छ र त निर्माण र सिर्जना सम्भव छ । त्यसैले खोजी गर्नु छ जीवन ऊर्जाको आफूभित्र फर्किएर आफ्नो स्वभावमा रहेर । बाहिरी रूपलाई सजाउनु भन्दा पनि आन्तरिक सौन्दर्यलाई खोजी गर्नु छ ।

आफ्नो रोजाई, पथ, स्वभाव जान्न हामीलाई स्वकेन्द्रमा फर्किनु जरुरी छ । सद्गुरुदेवद्वारा प्राप्त निर्देशन, ज्ञान, प्रेम, करुणाले हामीलाई स्वकेन्द्रमा जोड्दै लैजान्छन् । ब्रह्माण्डको मूल विचारसँग एकाकार बनाउँदै लैजान्छन् । ब्रह्माण्डको मूल विचार ज्ञान नै ज्ञानले र प्रेम नै प्रेमले भरिएको छ । यो विचारसँग जोडिएपछि प्रतिभाहरू प्रकट हुन थाल्दछन् । त्यसपछि व्यक्ति शान्त, आनन्दित, इमान्दार, प्रेमल खुसी बन्न थाल्दछ । जगत् ऊर्जा अर्थात् बाहिरका शक्ति पद प्रतिष्ठा धन–सम्पत्ति, बाहिरी ज्ञान भन्दा पनि महत्वपूर्ण जीवन उर्जामा हामी सद्गुरुदेवको कृपा प्रसादबाट प्रतिष्ठित हुने सुअवसर प्राप्त गर्दछौँ । ऐश्वर्य विज्ञान, स्वसंवाद, दिव्य संवाद, समृद्धि संवाद, चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान, प्रशिक्षक प्रशिक्षण आदि जति पनि जीवन विज्ञानबाट प्रदान गरिने साधना पद्धतिहरू छन् ती सम्पूर्ण जीवन ऊर्जाका खोजी हुन् । जीवन विज्ञानका समय र मनस्थिति अनुकूलका साधना पद्धतिहरूले अध्यात्म र विज्ञान एक हुन् भन्ने स्पष्ट पार्दछ ।

विधि, नयाँ विचार, नयाँ नयाँ भाव तरङ्गहरू सद्गुरुदेवका सानिध्यवाट मात्र प्राप्त हुन्छ । सिर्जनशीलताले व्यक्तिलाई पूर्ण बनाउँछ । पूर्ण मानव बनाउँने संकल्पका साथमा सद्गुरुदेवद्धयले हामीभित्र त्यही अनुरूप ज्ञान, मन, भाव, बनाउँदै लैजानुहुन्छ । त्यसैले सबै मानवहरूलाई सदुगुरुदेवको प्रेमलाई अनुभूति गर्ने सुअवसर प्राप्त होस् । धन्यवाद । रिता न्यौपानेले रातोपाटीमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १८, मंगलवार १०:०३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ १८, मंगलवार १०:०३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ १८, मंगलवार १०:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ १८, मंगलवार १०:०३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ १८, मंगलवार १०:०३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १८, मंगलवार १०:०३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १८, मंगलवार १०:०३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १८, मंगलवार १०:०३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ १८, मंगलवार १०:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व