Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हामीले दैनिक खाने भोजन नै चिकित्सा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ १६, आईतवार २०:५१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् ।

खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र तारेका खानालाई निषेध गर्नु, हप्तामा एकपटक उपवास बस्नु जस्ता नियम आफैंमा प्राकृतिक चिकित्साको महत्वपूर्ण पक्ष हो । यसले शरीरको ‘सर्भिसिङ’ गर्ने काम गर्ने गर्छ ।

 

रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा उत्तम हो । कुनै औषधिको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधि नै प्राकृतिक चिकित्सा हो । जुन, अरू उपचार विधिभन्दा प्रभावकारी विधि पनि हो ।

रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाँच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रूपमै बलियो, निरोगी, तन्दुरुस्त हुनु पहिलो शर्त हो । जसको लागि प्राकृतिक चिकित्सा आफैंमा एउटा अनौंठो प्रणाली हो, जसले शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमै मानिसलाई सही मार्गमा हिँडाउन सहयोग गर्छ ।

प्राकृतिक चिकित्सा के हो ?

मानव शरीरमा जे–जति रोग छन्, ती सबैको कारण र उपचार विधि एकैखालका हुन्छन् । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितिलाई हामी रोग लागेको भन्छौं । अतः ती विकारलाई हानिरहित ढंगले निर्मूल पार्नु नै उपचार पद्धति हो । उपचारको विद्यमान विधि अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचीन उपचार पद्धति हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साको परिभाषा अनुसार मान्छेमा तीन कारणले रोग लाग्ने गर्छ । पहिलो पहिलो कारण मेटाबोलिक टक्सिल डिपोजिसन अर्थात् विजातीय तत्वको असन्तुलन हो भने दोस्रो कारण ओअर भ्याटालिटी । रगतमा हुने असन्तुलन तेस्रो कारण हो ।

प्राकृतिक चिकित्साले कुनै एक विशेष रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्नेतिर ध्यान दिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न पनि सहयोग गर्छ । शरीरमा कुनै पनि रोगको सम्भावनालाई न्यूनीकरण गर्न पनि यसले सहयोग गर्छ ।

प्राकृतिक चिकित्सा : भोजन नै चिकित्सा हो ।

प्राकृतिक उपचार पद्धतिको आफ्नो छुट्टै विशेषता छ । यो उपचार पद्धतिमा दबिएर बसेका रोगलाई सतहमा ल्याइन्छ र स्थायी रूपले निदानको उपाय खोज्ने गरिन्छ । यसले दीर्घरोगबाट पनि मुक्ति दिलाउँछ । यसको खास विशेषता के भने कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउँछ । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।

जबकि आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जीर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधि हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।

शरीर पञ्चतत्वले निर्माण भएको हुन्छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ । पञ्चतत्व भनेको अग्नि, आकाश, जल, वायु र पृथ्वी ।

कसरी गरिन्छ प्राकृतिक उपचार ?

जल चिकित्सा

जल चिकित्सा पानीको उपयोगबाट गरिने उपचार विधि हो । पानीको आफ्नै गुण हुन्छ, जसले रोग निर्मूल बनाउने भूमिका खेल्छ । पानीबाट गरिने उपचार पद्धतिमा, हिप बाथ, सौना बाथ, स्टिम बाथ, स्पिनल बाथ लगायत पर्छन् ।

उपवास

उपवास भनेको कुनै पनि खानेकुरा सेवन नगरी बस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धीकरण गर्ने विधि पनि हो ।

आहार

खाना नै ओखती हो । भनिन्छ नि, तपाईं जस्तो खानुहुन्छ, त्यस्तै हुनुहुन्छ । खानालाई हामीले तीन भागमा विभाजन गरेका छौं । सात्विक, तामासिक र राजसी । स्वास्थ्य जीवनको लागि सात्विक खाना उपयोगी हुन्छ । तामासिक वा राजसी खानाले जिब्रोलाई लोभ्याउँछ । तर, शरीरमा विकार पनि पैदा गर्छ ।

माटो चिकित्सा

माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधि छन् ।

मालिस

हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधि हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरू थुप्रै विधि एवं तौरतरिका छन् ।

वायु उपचार

ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, उति नै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधि यसैको रूप हो ।

 

(onlinekhabar.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १६, आईतवार २०:५१
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ १६, आईतवार २०:५१
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ १६, आईतवार २०:५१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ १६, आईतवार २०:५१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ १६, आईतवार २०:५१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १६, आईतवार २०:५१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १६, आईतवार २०:५१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १६, आईतवार २०:५१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ १६, आईतवार २०:५१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व