सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज माघ १६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. माघ १६, २०७८ । ई.सं. ३० जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । आइतबार माघ कृष्णपक्ष । तिथि– त्रयोदशी, १५ः४४ बजे उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाषाढा, २३ः२१ बजे उप्रान्त उत्तराषाढा । योग– हर्षण, १३ः१२ बजे उप्रान्त वज्र । करण– वणिज १५ः४४ बजेदेखि भद्रा, २६ः३७ बजे उप्रान्त नाग । चन्द्रराशि धनु । आनन्दादि योग शुभ । दिनमान २६।५९ । सूर्योदय ६ः५४ । सूर्यास्त १७ः४१ । शहिद दिवस, लैचह्रे पूजा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी प्रशस्तै बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला, तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा पनि सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै समाचारले मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला, साँझमा भने धन हात पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.