सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सधैं नकारात्मक हुँदैन चिन्ता, चिन्ताका ४ फाइदाहरु !!

चिन्ता लिनु सधैं नराम्रो हुँदैन । केही विशेषज्ञले यसलाई शरीरको भित्रि अलार्म भएको बताएका छन् । उनीहरुले केही हदसम्म चिन्ता लिनु सकारात्मक भएको बताएका छन् । यसलाई पूरै मार्न नहुने विशेषज्ञहरु बताउँछन् । चिन्तालाई सधैं नकारात्मक तरिकाले लिन हुँदैन ।

यसलाई बुझ्नका लागि एउटा उदाहरण दिइएको छ । एक अमेरिकी महिलाले चालक अनुमति प्रमाणपत्र पाएपछि ८ वर्षसम्म पनि कार चलाइनन् । उनलाई उक्त कारको ब्रेक सम्हाल्न नसक्ने हो कि भन्ने विषयमा चिन्ता भइरहन्थ्यो । उनी ब्रेकको सट्टामा अरु नै गोडा चलाएर दुर्घटना हुन्छ भन्ने चिन्तामा रहन्थिन् । यस्तो अवस्था धेरै व्यक्तिमा हुने गर्छ ।

विशेषज्ञका अनुसार तनावयुक्त समयमा चिन्ता गर्नु सहयोगी हुन सक्छ । चिन्ताले भविष्यमा हुनसक्ने दुर्घटनालाई रोक्न सक्छ । चिन्ताले आन्तरिक अलार्ट सिस्टमले जस्तै काम गर्छ । विशेषज्ञका अनुसार एन्जाइजीबाट बाधाहरुको अनुमान लगाउन सकिन्छ । र यसले सतर्क रहन मद्दत गर्छ । चिन्ताको स्तर धेरै बढेमा गहिरो स्वासप्रस्वास लिने र हिँड्ने गर्दा पनि नियन्त्रण गर्न सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

चिन्ताका ४ फाइदा

Dirghayu Ads

१. आफ्नो सुरक्षाका लागि चिन्ताको भावना

मनोवैज्ञानिक एलन हेंड्रिक्सनका अनुसार केही मात्रामा गरिने चिन्ताले समस्याहरुको अनुमान लगाउन सकिन्छ र सतर्क रहन मद्दत गर्छ । न्यूरोसाइन्टिस्ट वेन्डी सुजुकीका अनुसार चिन्ताको भावनाले उब्जिने तनाववाला प्रतिक्रियाले हाम्रो सुरक्षाका लागि विकसित हुन्छ । थोरै तनाव काम गर्नका लागि मद्दत गर्छ । चिन्ता बढ्न थाल्यो भने गहिरो सास लिने र घटाउने कोशिस गर्ने भने हिँड्ने गर्दा पनि एन्जाइटी नियन्त्रणमा आउँछ ।

Sana Kishan

२. चिन्तालाई प्रवर्दन गर्न सिक्ने र चुनौतिलाई सहज रुपमा लिने

मनोवैज्ञानिक जोएल मिन्डेनले चिन्तालाई स्वीकार गर्ने र यसलाई निष्पक्ष रुपबाट हेर्न सुरु गर्ने । सधैं खराब हुने आशंकालाई मनमा पालेर नराख्नुहोस् । जसरी तपाईं चिन्तालाई स्वीकार गर्नुहोस् र त्यसलाई सहने कोशिस गर्नुहोस् । एकपटक चिन्तालाई प्रवर्दन गर्न सिक्नुभयो भने तपाईंलाई चुनौतिहरु असम्भव लाग्दैन । यसले चिन्ता पनि मद्दतगार मानिन्छ ।

३. मनको आवाज सुन्नुहोस्, दवाब महसुुस हुँदैन

फिलाडेल्फियाका मनोवैज्ञानिक डा. सेट गिलिहानले हरेक दिन कामकाज सुरु गर्नुअघि चिन्ता लागे के गर्ने भन्ने विषयमा सुझाव दिन्छन् । उनी आफै स्वास्थ्य समस्याका कारण उनका धेरै कामहरु हुँदैन थिए । उनी चिन्तालाई रोक्न अनेक कोसिस गर्थे । उनले कामको समयलाई कटौति गरेर लेख्न सुरु गरे । त्यसपछि आफूलाई हल्का महसुस गर्न थाले ।

४. चिन्ता कम गर्न योजना

मनोवैज्ञानिक एलिस बोयसका अनुसार चिन्तित व्यक्तिहरु सावधान र सतर्क रहन्छन् । उनले एक बालिकाको उदाहरण दिएका छन् । बालिका बच्चामा स्कुल जान डराउँथिन् । उनलाई ठूलो हुँदासम्म पनि स्कुल जान डर लाथ्यो । तर उनले चिन्तासँग जुध्नका लागि योजना बनाइन् । जसबाट उनको मन शान्त भयो र नराम्रो कुराहरुको आशंका मनबाट हट्यो । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.