त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
‘अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेका छौं’ उनले अनलाइनखबरसँग भने ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने आवाज उठेको छ ।
तर त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने बताएको छ । अनलाइनखबर बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)