सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ६ वस्तुतर्फ भूलेर पनि खुट्टा नतेर्साउनुस् !!

हिन्दू धर्म अनुसार कुनै–कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ । आज हामी त्यस्तै ६ चिजहरुसँग तपाईहरुको परिचय गराउनेछौँ।

१) देवता : देवतालाई हामीले सधैँ पुज्ने गरेका छौँ। त्यसैले पनि यो कुरा धेरै मानिसहरुलाई थाहा हुन्छ कि भगवान तिर खुट्टा तेर्साउनु भनेको भगवानको अपमान गर्नु हो।

२) ऋषिमुनि : ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको विश्वास गरिन्छ । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

३) गाई : विभिन्न ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको वास हुने भएकाले हाम्रो धर्ममा गाईलाई पूजा समेत गरिन्छ।

Sana Kishan

४) अग्नी : अग्नीलाई देवताहरुको मुख मानिने गरिन्छ। यसैकारण आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन।

५) सूर्य : सूर्यलाई पञ्चदेवता मध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन।

६) चन्द्रमा : चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु पनि राम्रो मानिँदैन। (नयाँ पुस्ता बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.