सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेबि संघको आयोजनामा नार्गाजुन माबि सर्मालीमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न !!

बैतडी– फागुन २२ : बैतडीको शिबनाथ गाउँपालिका २ सर्मालीमा रहेको नार्गाजुन माबिमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ नार्गाजुन माबि ईकाई समतिको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । ईकाई समिति सभापती सुरज कलौनीको सभापतित्व, शिबनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउदको प्रमुख आतिथ्यता र नेबि संघ बैतडीका सचिब केशब बहादुर चन्दको बिशिष्ट आतिथ्यतमा प्रतियोगिता गरिएको नेबि संघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभएको छ ।

Sana Kishan

बिद्यार्थीहरुको क्षमता पहिचान तथा प्रोत्साहनका लागी आयोजना गरिएको प्रतियोगितामा शिबनाथ गाउँपालिका भरिका बिद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा पिपलकोट माबि रोजनी प्रथम भएकोमा उसलाई पुरस्कार स्वरुप नगद रु ४ हजार, प्रमाण पत्र र सामान्य ज्ञान प्रदान गरिएको छ । प्रतियोगितामा द्धितिय स्थान हासिल गर्दै चन्द्रदेवल माबि सोलपोलाले रु २४ सय, प्रमाण पत्र र सामान्य ज्ञान हात पारेको छ । यस्तै तिृतिय स्थान हासिल गरेको नागर्जुन माबि सर्मालीलाई रु १६ सय, प्रमाण पत्र र सामान्य ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ । हाजिरि जवाफ प्रतियोगितामा सहभागी अन्य बिद्यालयहरुलाई पनी प्रमाण पत्र र सामान्य ज्ञान हस्तान्तरण गरिएको छ ।

 

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.