सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेवा खाँदा हुने फाइदाहरू !!

काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्दछ । यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ । यसले दाँत दुखाइलाई कम गर्दछ ।यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ । यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ । यसले छालालाई चमक बनाउँछ ।

फलको राजा हो मेवा । निकै मिठो हुने मेवा स्वास्थ्यको लागी पनि फाइदाजनक छ । मेवाको रुखको प्रत्येक भागमा पनि कुनै न कुनै औषधिय गुण हुन्छ । त्यसैले मेवालाई फलको राजा भनिएको बताइएको छ । नेपालको हावापानी अनुसार सजिलै पाइने मेवा हरेक मानिसहरुले खाएकै हुन्छन् ।

यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । महिनावारी अनियमित हुने महिलाहरुका लगी मेवा निकै राम्रो हुन्छ । हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ ।मेवामा फाइबर, भिटामिन र एन्टी९आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त९शिरामा कोलेस्ट्रोल बन्न दिदैँन ।

World Link Ads
Mahakali Polytechnic

कोलेस्ट्रोलले मुटुको गति बढ्ने, उच्च रक्तचाप देखि लिएर मुटु रोगको कारण बन्न सक्छ । मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियत समस्या हट्छ । मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्छ । पाकेको मेवाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपन पनि हट्छ ।

यो पनि ःभान्सामा प्रयोग गरिने चक्कु अब मसाजमा !!ःतपाई हामी सबैलाई थाहा छ, चक्कु सामान्यतया भान्सामा तरकारी, फलफुल र मासु काट्न प्रयोग गरिन्छ । तर अब भने मसाजका लागि चक्कुको प्रयोग गरिने भएको छ ।तपाईलाई यो टिप्स पढ्दा रोचक लाग्न सक्छ तर यो सत्य हो ।

टिप्समा जनाइए अनुसार मसाजमा चक्कुको प्रयोग ताइवानको मसाज पार्लरमा गरएको छ । त्यहा चक्कु मसाजको लागि प्रयोग हुँदै आएको छ।यस चक्कुबाट मसाज गर्ने बिधिलाई ‘डाउलियाओ’ भनिन्छ। जसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ। यसको सुरुवात करिब दुई हजार वर्ष पहिले बौद्ध भिक्षुहरुले गरेका थिए ।

त्यस्तै करिब एक हजार वर्ष अघि तांग वंशको जापानमा पनि यो थेरापीको प्रयोग उल्लेखनिय मात्रामा हुन्थ्यो। सन् १९४० को दशकमा चीनको गृहयुद्धको क्रममा चक्कुबाट गरिने मसाजको यो परम्परा ताइवान पुगेको थियो । तर अहिले भने जापान र चीनमा यस्तो मसाज करिब लोप भइसकेको छ ।

Sana Kishan

ताइवानमा भने अझै यस थेरापी निकै लोकप्रिय छ । ताइवानको राजधानी ताइपेइमा यो थेरापी सिकाउन एक एजुकेसन सेन्टर खोलिएको छ । यसको नाम हो ‘द एनशिएन्ट आर्ट अफ नाइफ’ मसाज डाओलियाओ आई–जिङ एजुकेसन सेन्टर । ताइवानमा यो एजुकेसन सेक्टरको ३६ ओटा शाखा छ ।

फ्रान्स, क्यानडा, हङकङ र जापानबाट पनि मानिसहरु यो थेरापी सिक्न ताइवान आउने गर्दछन् ।चक्कुबाट गरिने मसाजका फाइदाःसकारात्मक उर्जा उत्पन्न हुने,घाउ निको पार्ने,निन्द्रा राम्रोसंग लगाउने,शरीरको दुखाई कम गर्ने

यो पनि पढ्नुहोस् ःके करणले विवाहपछि महिलाको पेट घट्दैन ?ःपेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ । विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ । किन हुन्छ पेट घटाउन मुश्किल ?

१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन । २. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ । पेटको बोसो घटाउन किन जरुरी छ ?शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।

विवाहपछि किन बढ्छ तौल ?अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.