सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नै छोराको हत्या गर्ने बैतडीका चन्दलाई मानसिक अस्पताल पठाइयो !!

बैतडी- आफ्नै छोराको हत्यागर्ने बैतडीको पञ्चेस्वर ५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ । बुधबार आफ्नै तिन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परिक्षणकालागी मानसिक अस्पताल पठाइएको हो ।

बिगतमा मानसिक सन्तुलन गुमाएका उनको १बर्षयता भने मानसिक अवस्थामा सुधार भएको आफन्तले बताएका थिए । तरपनि उनले आफ्नै छोराको हत्या गर्नुका साथै घरका अरु सदस्यहरुलाई बेलाबेलामा कुटपिट गर्ने गरेका थिए ।

Sana Kishan

उनलाई बुधबार नै प्रहरीले पक्राउ गरि बैतडी सदरमुकाम पुर्याएको थियो । उनि जिल्ला अस्पताल र प्रहरीको हिरासतमै रहेकाबेला समेत मानसिक रोगिको जस्ता कृयाकलाप गर्न थालेपछि परिक्षणका लागी मानसिक रोग अस्पताल पठाएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.