सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यार्थी बचाऔँ अभियानबाट उठेको पैसा अभिभावकलाई हस्तान्त्रण :दुई जना विद्यार्थीले पाए उपचार!

बैतडी-   बैतडीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट दुई जना विद्यार्थीले उपचार पाएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ स्थित कुलौन मावि खतेडीका अध्यक्ष धन बहादुर क्षेत्रीले सञ्चालन गरेको विद्यार्थी बचाउँ अभियानबाट उठेको पैसाले सो विद्यालयमा अध्यनरत दुइ जना विद्यार्थीले उपचार पाएका हुन् ।

कक्षा १० मा पढ्ने दिनेश रावत र कक्षा ४ मा अध्यनतर मंगला भण्डारी बिरामि भएका थिए । विद्यार्थी विरामि भएपछि विव्यस अध्यक्षले उनिहरुको आर्थिक अवस्था देखेर सञ्चालन गरेको आर्थिक संकलन अभियानमा उठेको रकमले उनिहरुको उपचार गरिएको हो ।

आर्थिक संकलन अभियानमा २ लाख ८५ हजार ९५ रुपयाँ संकलन भएकोमा दुवै विद्यार्थीको परिवारलाई उपचारका लागि हस्तानत्रण गरेको कुलौन मावि खतेडीका अध्यक्ष धन बहादुर क्षेत्रीले बताउनुभयो । आर्थिक संकलन अभियानमा संकिलत पैसा मध्ये दिनेशको परिवारलाई नगद ९४ हजार १ सय ४८ र १० हजारको चेक दिइएएको छ भने बालिका भण्डारीको परिवारलाई १ लाख ५१ हजार ९ सय १५ रूपयाँको चेक र नगद ३९ हजा दिइएको उहाँले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दशरथन्द नगरपालिकाको ४० हजार साथै देश विदेश तथा विद्यालयमा बाट उक्त रकम संकलन भएको हो । मंगला भण्डारीको सहीद गँगालाल हृदय रोग केन्द्र काठमाडौँमा उचार गरिएको हो भने दिनेश रावतको धनगडी स्थीत सिपी हस्पिटलमा आन्द्राको अप्रेशन गरिएको हो ।

Dirghayu Ads

सहयोगका लागि बालिचन धार्मिक तथा समाजिक क्षेत्रविकास कोषको बाणिज्य बैँक बैतडी स्थिति खाता नंम्बर सार्वजनिक गरिएको थियो । उक्त खातामा जम्मा भएको रकम आज प्रजातन्त्र दिवसको अवसर पारेर कोषाअध्यक्ष धन बहादुर क्षेत्रीले दशरथचन्द नगर कार्यलपालिका सदस्य मानमती पुजारको पमुख आथित्यतामा कार्यक्रम गरेर मंगला भण्डारी र दिनेश रावतका अभिभावकलाई हस्तान्त्रण गरेको हो ।

 

(रेडियो बैतडी बाट साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.