सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सकियो महिला लघुबित्तको आइपिओ भर्ने म्याद, कतिको प¥यो आवेदन ?

86
Sana Kishan

काठमाडौँ ।महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझसम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२.४९ गुणा बढी आवेदन हो ।

Karnali Traders

महिला लघुवित्तले आइपीओ भर्ने म्याद १ दिन थप गरी आज बुधबार (फागुन ५ गते) सम्म पुर्याएको हो । यसअघि माघ ३० गतेबाट फागुन ४ गतेसम्म म्याद तोकी कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो । तर माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि १ दिन थप गरिएको हो ।

Arus

कुल खुला गरिएको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.