बैतडी–माघ १८, संसद बिघटनका बिरुद्ध नेपाली काङग्रेसका बिभिन्न भातृ संस्थाहरुले बैतडीमा बिरोध प्रर्दशन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक तथा अलोकतान्त्रिक कदमका बिरुद्ध नेपाल तरण दल, नेपाल बिद्यार्थी सघं, नेपाल महिला सघं र नेपाल दलित सघं लगायतका नेपाली काङग्रेसका बिभिन्न भातृ संस्थाहरुले भोली सोमबार सदरमुकाम गोठलापानीमा बिरोध प्रर्दशन गर्ने भएका हुन् ।
माघ १६ गते बैतडीको पाटनमा बसेको बैठकले कम्युनिष्ट सर्बसत्ताबादका बिरुद्ध बिरोध प्रर्दशर्न गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बिरोध प्रर्दशन हुने तरण दल बैतडीका उपाध्यक्ष महेश भट्टले जानकारी दिनुभएको छ ।
दिउँसो १२ बजेबाट सुरु हुने बिरोध सभामा जिल्ला स्तरका नेपाली काङग्रेसका नेता कार्यकर्ताहरुको सहभागीता रहने उहाँको भनाई छ ।
यस अघि पनी नेपाली काङग्रेस बैतडीले जिल्ला तथा पालिका स्तरमा पनी संसद बिघटनका बिरुद्ध बिभिन्न कार्यक्रमहरु गरीसकेको छ ।
( रेडियो बैतडीबाट साभार)