सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल ÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताए ।

प्रेदश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

Mahakali Polytechnic

एकपछि अर्को कर्मचारीमा संक्रमण देखिन थालेपछि बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको र बिहीबार प्रदेश प्रमुखसहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । उपहार खबर बाट सभार 

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds